Gov Reg No: 396/064/56


 

Leaflet in PDF


Leaflet in Word

New Leaflet

Prativa Bidhan in PDF

 

Gov Reg
Certificate

 
प्रसिद्ध गायक शम्भु राई र झमक घिमिरे धनकुटा प्रतिभाद्धारा पुरस्कृत र शिवकुमार श्रेष्ठ सम्मानित गरिने
 



गत १० अप्रिलका दिन वेलायतको सर्नकिल्फमा सम्पन्न धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठान (कोष) वेलायत च्याप्टरको बैठकले र सोहि संस्था नेपाल च्याप्टरको ११ अप्रिलका दिन धनकुटामा सम्पन्न बैठकले २०६५ सालको लागि धनकुटा प्रतिभा पुरस्कार गायन कला तर्फ प्रसिद्ध आधुनिक तथा लोक गायक शम्भु राई, साहित्य तर्फ वरिष्ठ युवा सहित्यकार झमक घिमिरेलाई प्रदान गर्ने र वरिष्ठ इतिहासविद् शिवकुमार श्रेष्ठलाई यस बर्षको सम्मान प्रदान गर्ने निर्णय गर्‍यो।

कला साहित्य, खेलकुद तथा विविध क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले गत बर्ष वेलायतमा स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार कोष धनकुटा जिल्ला प्रसासन कार्यालयमा दर्ता भई हाल दुई देशमा यसको च्याप्टर समानान्तर संचालन हुदै आएको छ। विश्वको विभिन्न मुलुकमा रहेका सम्पूर्ण धनकुटेलीहरु यस संस्थाको स्वत सदस्य रहने प्रावधान अनुसार संस्थाको लागि सहयोगि दाताहरु पनि विभिन्न मुलुकमा रहेका छन्। विभिन्न मुलुकमा संस्थाको लागि कोष संकलन गर्ने कार्य पनि चलिरहेको छ भने हाल ३ लाख भन्दा बढि अक्षयकोष जम्मा भईसकेको छ।
पूर्वेली लोकगीतका सम्राट तथा आधुनिक गीतका हस्ती शम्भुराई धनकुटा जिल्लाको चुङवाङ् गाविसमा आज भन्दा झण्डै ५३ बसन्त अघि जन्मनु भएको थियो। वहाको सघर्षपूर्ण जिवन र वहाले प्राप्त गर्नुभएको सफलताले धनकुटाको छात्ति विशाल बनेको छ। गायक शम्भु राईका गीत मन नपराउने नेपालीहरु सायदै होलान। विशेषत पूर्व नेपालमा गीत भनेकै शम्भु राईको गीत सम्झन्छन्। अनवरत रुपमा वहा यहि गायन क्षेत्रमा लाग्नु भएको छ र हाल सम्म वहाको अनगिन्ति एल्बम र हजारौ गीतहरु हामी सामु आईसकेका छन्। वहाले एक दर्जन प्रतियोगितामा पुरस्कार हात पार्नुभए मध्ये लोक गीत प्रतियोगिता २०४१, आधुनिक गीत प्रतियोगिता २०४३, राष्ट्रिय गीत प्रतियोगिता २०४३ मा गोल्ड मेडल प्राप्त गर्नुभएको छ।

साहित्य तर्फ पुरस्कृत युवा स्रष्टा झमक घिमिरेको जन्म धनकुटाको कल्चिडेमा वि. स. २०३७ सालमा भएको हो। वहा जस्ता साहित्यकार संसारमा अत्यान्तै कम भएको अनुमान गर्न सकिन्छ। घिमिरेको हातखुट्टा दुवैले काम गर्दैन। वहाले बोल्न सक्नुहुन्न। सिर्फ खुट्टाको बुढि औलाले च्यापेर राम्रो संग लेख्न सक्नुहुन्छ। हामीले बोलेको कुरा सबै राम्ररी बुझ्न सक्नुहुन्छ। वहाले कसैबाट पनि शिक्षा लिनु भएको छैन। वहाको प्रकाशोन्मुख पुस्तकमा वहा स्वयंले प्रयोग गर्नुभएको शब्दमा भन्नुपर्दा वहा शारिरीक आशक्त सापे हुनुहुन्छ। बौदिक रुपमा वहा हामी सवल मान्छेको लागि चुनौती हो। वहाको हाल सम्म डेढ दर्जन पुस्तक प्रकाशित भईसकेका छन् भने वहा कान्तिपुरमा स्तम्भ पनि लेख्नुहुन्छ। वहाले झ48डै २ दर्जन पुरस्कारहरु प्राप्त गरिसक्नु भएको छ। वहाको आत्मा वृत्तान्त प्रकाशोन्मुख छ जुन अत्यन्तै लोकप्रिय बन्ने अनुमान गरिएको छ।

यस बर्ष धनकुटा प्रतिभा प्रतिष्ठानले इतिहासकार शिवकुमार श्रेष्ठलाई पहिचान गरेको छ। साहित्यकार श्रेष्ठले लिम्बुवान तथा किरातको बारेमा झ48डै आधा दर्जन पुस्तक लेख्नुको साथै विश्व राजनीतिको विषयमा विभिन्न पुस्तकहरु लेख्नु भएको छ। वहा लामो समय देखि धनकुटा बहूमुखि क्याम्पसमा अध्यापन गराउदै आउनु भएको छ।
पुरस्कृत तथा सम्मानित ब्यक्तित्वहरुलाई यहि आउदो २७ अप्रिलको दिन धनकुटामा एक समारोहको आयोजना गरि सरस्वतीको प्रसाद स्वरुप पुरस्कृत द्धयलाई जनही नगद रु १० हजार र प्रमाण पत्र प्रदान गरिने, सम्मानित ब्यक्तित्वलाई आभार पत्र सहित नगद रु ५ हजार प्रदान गरिने कार्यक्रम रहेको छ।

वेलायत च्याप्टरले कार्यक्रम सफल बनाउन र कोषमा सहयोग गर्न सबैलाई आब्हान गरेको छ। धधध।मजबलपगतब।यचन।लउ मा सदस्य बन्नु भएका सबैमा धन्यवाद ज्ञापन गर्नुको साथै बाँकी सबैलाई सदस्य बन्न अनुरोध गरेको छ। वेलायत च्याप्टरले यस बर्षको समर कार्यक्रम आगामी जुलाई ११ तारिखका दिन सर्नकिल्फ स्थित सम्पन्न गर्नेकुरा पनि जनाएको छ। उक्त कार्यक्रमको अवसरमा धनकुटा प्रतिभा प्रतिष्ठानको स्मारिका विमोचन गर्ने कार्यक्रम पनि रहेको छ र सोहि कार्यक्रममा धनकुटा समाज वेलायतको कमिटि निर्माण हुनेकुरा पनि उल्लेख गरिएको छ।

स्मरण रहोस, गत बर्ष यस धनकुटा प्रतिभाले नेपालमा साहित्य तर्फ मोमिला जोशि, गायन तर्फ नेपाल स्टार जित्न सफल विष्णु चेम्जोङ, खेलकुद तर्फ कराँतेमा सार्क स्तरिय खेलमा गोल्डमेडल प्राप्त गर्न सफल खेलाडि कुसल श्रेष्ठ र बरिष्ठ गायक नविन किशोर राईलाई सम्मान गरेको थियो भने वेलायतमा कुशल ब्यवसायीको रुपमा धन लिम्बूलाई सम्मान गरेको थियो।

सूचना !!

धनकुटा प्रतिभा (कोष) प्रतिष्ठानले स्मारिका प्रकाशनको लागि काम धमाधम शुरु गरेको छ । धनकुटा संग सम्बन्धित छोटो मिठो सामाग्रि लगायत सल्लाह सुझाव पठाउनु होला । स्मारिकाको प्रस्तावित नाम १. धनकुटा सौगात, २. धनकुटा कोसेली, ३. धनकुटा परिचय, ४. धनकुटा दर्पण मध्ये कुन ठिक होला आफ्नो मत दिनुहुन अनुरोध छ ।


सूचना !!


सम्पूर्ण जिल्लावासी दाजुभाई तथा दिदीबहिनीहरु

यस बर्षअर्थात २०६५ को प्रतिभा छनौट प्रकृया अघि बढिरहेको छ । घरदेश र कर्म देश अर्थात विश्वभर छरिएर रहनु भएका सबैले यसबर्ष कसकसलाई पुरस्कृत तथा सम्मान गर्ने ? तपाईको मनमा लागेको ब्यक्तिको नाम र कारण इमेलमा पठाउन अनुरोध छ । प्रतिभा वेलायत र धनकुटा च्याप्टरको बैठक यहि नया बर्षको नजिकै बस्ने भएकोले कुनकुन विधा तथा कसकसलाई दिने निर्णय भई सकेको छैन यद्यपी साहित्य तर्फ, संगीत, खेलकुद वा अन्य तर्फको नाम र कसलाई सम्मान गर्ने वहाहरुको नाम सिफारिस गर्नुहुन अनुरोध छ । खुल्ला भोटिङको ब्यवस्था गर्दा भोलि पराजय हुनेको मर्यादामा अप्ठ्यारो पर्लाकी भनेर त्यसको ब्यवस्था छैन तर सबैले चाहेमा त्यो पनि गर्न सकिने जानकारी गराउन चाहान्छौ । सिफारिसमा समावेसि नाम प्राप्तहोस र गत साल झै समावेसि र सहि निर्णयहोस भन्ने चाहाना रहेको छ । जन्म र कर्मको आधारमा धनकुटेली कहलिएको सबैमा सिफारिस गर्ने समान अवसर रहेको छ । सहि ब्यक्ति सिफारिस गरेर जिल्लाको प्रतिष्ठामा सहयोग गर्नुहोस ।

email: ourDhankuta@gmail.com

 

धनकुटा प्रतिभा पुरस्कार कोष

१. पृष्ठभूमि

इतिहासमा पल्लो किरात भनि चिनिने भूखण्ड, नेपाल एकिकरण पछि राणाकालिन समयमा कुनै पनि ब्यक्तिले राजनैतिक अपराध गरेको खण्डमा सजाय स्वरुप पठाइने ठाँउ । पूर्वी नेपालको अरुण र तमोर नदीले छेकेको एक सुन्दर पहाडी जिल्लाको नाम हो धनकुटा । इतिहासमा जस्तोसुकै भए पनि पंचायती ब्यवस्थाको शुरुवात संगै पूर्वाचंल विकास क्षेत्रको क्षेत्रिय सदरमुकामको रुपमा विकास भएको जिल्ला हो धनकुटा । कोशि राजमार्गको निर्माण सगै पूर्वी नेपालको पहिलो सुगम जिल्लाको रुपमा परिचित छ धनकुटा ।

 

२. परिचय

धनकुटा पूर्वाचंल विकास क्षेत्र अर्न्तर्गत कोशि अंचलको एक पहाडी जिल्ला हो । ८९१ बर्ग किलो मिटरमा फैलिएको यो जिल्लामा पौन दुइ लाख जनसंख्या रहेको छ । समुन्द्र सतह देखि ३०० मिटर उचाईको भावर प्रदेश देखि २५०० मिटर उचाई सम्मको उच्च पहाडी भू-भाग रहेको यस जिल्लामा लिम्बू, राइ, याक्खा, क्षेत्रि, बाहून, मगर, तामाङ, गुरुङ, नेवार, दलित लगायतका जाति तथा जनजातिहरुको बसोवास रहेको छ । प्राकृतिक सुन्दरता र वातावरणिय संगमता संगै यस जिल्लाले देशको उच्च ओहदा सम्मका थुप्रै ब्यक्तित्वहरु देखि प्रधानमन्त्रि समेत जन्माई सकेको छ । शैक्षिक रुपमा समेत राणा प्रधानमन्त्रि देव शम्सेरद्धारा स्थापित १०८ भाषा पाठशाला मध्ये एक धनकुटामै स्थापना हुनुले पनि धनकुटाको शैक्षिक विकास प्रष्ट हुन्छ ।

 

३. आवश्यकता

सामाजिक, शैक्षिक, राजनैतिक, आर्थिक तथा विविध विकासको पक्षमा मध्यम विकास भएको यस धनकुटा र जिल्लावासी माझ विकसित भएको सांगेतिक -सांस्कृतिक) तथा साहित्यिक विकासले धनकुटा जिल्लाको सौन्दर्यलाई अझ भरिपपूर्ण बनाउन महत्वपपूर्ण भूमिका खेल्दै आएको छ । चाहे भेडेटार आसपासमा नाचिने हूर्रा नाचहोस, चाहे चौबिस र छथर तिर नाचिने धाननाच, ढोलनाचहोस या खोकुछिन्ताङ तिर नाचिने चण्डि, पापानी नाचहोस सबैले देशको एउटा धरोहरको प्रतिनिधित्व गरि रहेका छन् । यी यावत सांस्कृतिक सम्भावनालाई नत राज्यले, नत हाम्रो समाजले ब्यवस्थित एवं संस्थागत विकास गर्न सकेका छन्, नत राष्ट्रिय पहिचान दिलाउन नै सकिएको छ ।

यी र यस्तै धरोहरलाई टेक्दै उचाई लिन सक्ने स्रष्टाहरु शम्भू राइ, तुलसी दिवस, खगेन्द्र प्रधानाङ, अशेष मल्ल, शिव कुमार श्रेष्ठ, उपेन्द्र दुःखी, झमक कुमारी घिमिरे लगायतका स्रष्टा यस जिल्लाले नजन्माएका होइन्न । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धनकुटा जिल्लाको प्रतिनिधित्व गर्दछन् यद्यपी संस्कृति, साहित्य र संगीत क्षेत्रका धेरै ब्यक्तिहरुले उचित वातावरण, प्रोत्साहन एवं माहोल नपाउदा र भविश्य देख्न नसकेर कति विदेश तिर पलायन भए, कति राजधानी र अन्य सम्भावना भएको स्थान तर्फपलायन भए, कतिलाई चाहि जिल्ला र जिल्लावासीले पहिचान नै गर्न नसकेर विलय भइरहेको नमिठो यर्थाथता हाम्रो सामु छदैछ ।

 

४. भविश्य

हामी संग भएका सांस्कृतिक धरोहर, समाजमा प्रतिबिम्बको रुपमा रहेको संस्कृति तथा साहित्यलाई उत्थान गर्ने साहित्यकार त्यसैलाई अझ सजिलो संग प्रवाह गर्ने संगीत र संगीतकर्मीहरु समाजको विकास र प्रगतिको निश्चिय नै संवाहक हुन । सामाजिक मौलिक संस्कृतिको र्सर्म्बद्धनमा लाग्ने संस्कृतिकर्मी तथा साहित्यकारहरुलाई सानै भए पनि हौसला र प्रोत्साहन प्राप्त भएको खण्डमा उनीहरुले जिल्ला र देशको निम्ति अझ ठूलो योगदान दिन सक्दछन् र लुकेका प्रतिभाहरुलाई खोजीगरि अगाडी ल्याउन सकेको खण्डमा नया इतिहास निर्माण हुन सक्दछ । हाम्रो समाजलाई इतिहास र वर्तमान सुदुर भविश्य सम्म प्रतिबिम्बित गर्राई राख्न र भावि पुस्तालाई सहि मार्ग निर्देश गरिराख्न साहित्यकारहरुको, संगीतकर्मीहरुको ठूलो योगदान रहन्छ र उनीहरुलाई आवश्यक वातावरण बनाइ दिने दायित्व आज हामी सबैको हो ।

निसंन्देह धनकुटा प्राकृतिक रुपले अति सुन्दर छ र सांस्कृतिक रुपले धनी । यहाको प्राकृतिक तथा भौतिक विकासलाई राजनेताहरुले उन्नत बनाउन सक्छन् साथै सामाजिक र सांस्कृतिक विकासलाई चाहि साहित्यकर्मी, संगीतकर्मी र संस्कृतिकर्मीले मुख्य रुपमा टेवा दिन सक्दछ । यस्ता विशाल सम्भावना बोकेका नवोदित स्रष्टाहरुलाई उचित हौसला र प्रेरणा प्रदान गर्न सकेको खण्डमा धनकुटाको नाम सधै अग्रपंतिमा रहनेछ ।

 

५. हाम्रो दायित्व एवं चुनौतीहरु

धनकुटामा जन्मिएका र अन्यत्र जन्मिएर धनकुटालाई कर्मभूमि बनाएका अर्थात धनकुटाको परिचय भएका सम्पर्ूण्ा धनकुटेलीहरुले एकजुट भई आज नविन कार्य थालनीको संकल्प गर्नु परेकोछ । नयाँ कार्यको शुरुवाती अध्यायको रुपमा धनकुटा जन्मथलो भई साधनारत अर्थात अन्यत्र जन्मिएर भए पनि धनकुटालाई कर्मथलो बनाई साहित्य सिर्जना, संगीत साधना तथा संस्कृति प्रवर्द्धनमा लागि परेका ब्यक्ति तथा ब्यक्तित्वहरुलाई उचित सम्मान, हौसला, प्रेरणा तथा पहिचान दिलाउन सकेको खण्डमा साँच्चिकै धनकुटाले गर्व गर्न लायक साहित्यकार, संगीतकर्मी अर्थात संस्कृतिकर्मीको जन्महुनेमा आसा गर्न सक्दछौ । त्यसको निम्ति अग्रज स्रष्टाहरुलाई पहिचान र सम्मान तथा नयाँलाई प्रेरणा र हौसला प्रदान गरि भावि पुस्तालाई सहि दिशाबोध गराउनलाई धनकुटा प्रतिभा पुस्कार कोषको स्थापना गर्न आवश्यक ठानेका छौ ।

 

 

६. कोष स्थापनार्थ सहभागिता

धनकुटेलीहरु आज जिल्लामा मात्र सिमित नभई सिंगो राष्ट्रमा, विश्वका कुनाकुनामा आफ्नै प्रतिष्ठामा रहेका छौ । जिल्ला बाहिर धरान, विराटनगर, काठमाण्डौ लगायतका शहरहरुमा र विदेश वेलायत, अमेरिका, क्यानडा, हङकङ, जापान, अष्ट्रेलिया आदी देशहरुमा स्थायी अस्थायी बसोवास गरिरहेका छौ । यद्यपी तपाई हाम्रो पहिचान र प्रतिष्ठा धनकुटेली हो । आफ्नो गाँउठाँउको इज्वत, नामसुवास नै हामी प्रत्येक ब्यक्तिको परिचयको आधार बन्ने भएकाले हामी जहाजहा रहे पनि हाम्रो प्यारो गाँउठाँउलाई माया गर्नु पर्दछ । सानै भए पनि आफ्नो ठाँउको लागि केही न केही राम्रो काम गर्नु पर्दछ । यसैबाट हामीलाई साँचो परिचय प्राप्त हुन्छ । धनकुटा प्रतिभा पुरस्कार कोष स्थापना गर्ने त्यहि मध्येको एक राम्रो कामको रुपमा हामीले लिएका छौ ।

 

उद्देश्यहरुः
१. धनकुटाका साहित्यकर्मी र संगीतकर्मीहरुको पहिचान गरि उनीहरुलाई प्रोत्साहन गर्ने ।

२. अग्रज स्रष्टा तथा ब्यक्तित्वहरुलाई सम्मान गर्ने ।

३. धनकुटाको विविधतालाई ख्याल राख्दै देशकै सम्मुन्नत साहित्य र संगीत निर्माण गर्ने ।

४. धनकुटाको मौलिक संस्कृती र साहित्यलाई संरक्षण एवं सर्म्बर्द्धन गर्ने ।

५. धनकुटेली साहित्यकर्मी र संगीतकर्मीहरुलाई जिल्लाको सम्पतिको रुपमा स्वीकार गर्दै उनीहरुको अभिलेख राख्ने ।

६. धनकुटेली स्रष्टाहरु बीच आपसमा चिनजान एवं भातृत्वको विकास गर्ने ।

७. धनकुटेली स्रष्टाहरुको निम्ति प्रत्येक अवसर र अधिकारलाई आवाज उठाउने ।

 

नीति तथा कार्ययोजनाहरुः

१. धनकुटामा जन्मिएका वा धनकुटा जिल्लालाई कर्मभूमि बनाएका स्रष्टाहरु मध्ये प्रत्येक बर्षसाहित्य क्षेत्रका १ जना र संगीत क्षेत्रका १ जना प्रतिभालाई पुरस्कृत तथा सम्मान गरिनेछ ।

२. धनकुटा जिल्लाबासी अर्थात धनकुटा जिल्ला संग जन्मसिद्ध र कर्मसिद्ध सम्बन्ध राख्ने देशविदेशमा रहेका इच्छुक धनकुटेलीहरुबाट प्राप्त सहयोग तथा अनुदानबाट धनकुटा प्रतिभा पुरस्कारको अक्षय कोष स्थापना गरिनेछ । उक्त अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कार एवं सम्मान प्रदान गरिनेछ ।

३. यो संस्था विशुद्ध सामाजिक संस्था हुनेछ । कुनै पनि राजनैतिक पार्टीसंग सम्बद्ध हुने छैन । जुनसुकै राजनैतिक विचारधारा बोक्ने भए पनि आफ्नो जिल्लाको प्रतिष्ठाको लागि ती कुराहरु विर्सिएर यस संस्थामा संलग्न रहनु पर्नेछ । यथासम्भव सबै बर्ग, क्षेत्र जातजाति समेट्दै समावेसी बनाइनेछ ।

४. जिल्ला भित्र पारदर्शिरुपबाट संचालित भएको कुनै साहित्यिक संस्था भए त्यो संस्था मार्फ यो कोष संचालन गरिनेछ । अन्यथा जिल्लामा रहेका स्रष्टा समुदाय र देशविदेशमा रहेका धनकुटेलीहरुलाई समेटी एउटा समावेसी कमिटी स्थापना गरि कोष संचालन गरिने छ । कमिटीको कार्यवधि ५ बर्षो हुनेछ । कमिटीको कार्यनीति निष्पक्ष, पारदर्शि र दीर्घकालिन संचालन गर्नु हुनेछ ।

५. धनकुटाका अंग्रज स्रष्टाहरुलाई स-सम्मान अभिभावकको रुपमा स्वीकार्दै विशेषत युवा प्रतिभाहरुलाई सहभागिताको लागि प्रोत्साहित गरिनेछ । धनकुटेली जो कसै सहभागि बन्न सक्नेछन् र प्रगति प्रतिवेदन लगायत आय ब्यय र्सवसाधारण सबैले हेर्न पाउनेछन् ।

६. स्थापनाको निम्ति सक्रिय महानुभावहरु संस्थापक अर्न्तगत रहनेछन् भने सबै सहयोगी दाताहरुको नामावली सुरक्षित राखिनुको साथै वेभपेज र स्मारिकामा प्रकाशित गरिनेछ ।

७. नेपाली भाषा, मातृभाषा, अंग्रेजी भाषा लगायत सबै भाषाका स्रष्टाहरुलाई समावेसी ढङ्गले पुरस्कार प्रदान एवं सम्मान गरिनेछ ।

८. पुरस्कार तथा सम्मान छनौटमा प्रजातान्त्रिक प्रकृया अपनाइने छ । यथासम्भव भोटिङ प्रकियाबाट निर्णय गरिनेछ ।

९. साहित्य र संगीत बाहेक जिल्लाको इज्वत बढाउने जस्ता कुनै पनि क्रियाकलाप जस्तैः खेलकुदमा उत्कृष्ट, परिक्षामा उत्कृष्ट, समाजसेवी अर्थात यस प्रतिभा कोष संचालक कमिटिले सम्मान योग्य महशुस गरेको ब्यक्ति वा संस्थालाई सम्मान गर्नेछ ।

१०. अक्षयकोषबाट प्राप्त ब्याजी रकम पुरस्कार र सम्मानको लागि मात्र प्रयोग गरिनेछ । यस संस्थाको आर्थिक कोषको विकास गर्दै यसलाई स्वायत्त प्रतिष्ठानको रुपमा विकास गरिनेछ । जसको लागि संस्थाले विविध कार्यक्रमबाट आयआर्जन गरि साहित्यिक पत्रिका, वेभ पत्रिका प्रकाशन, साहित्यक भिडियो पत्रिका, अडियो पत्रिका प्रकाशन तथा भवन निर्माण एवं स्थानिय स्वयंसेवीबाट संगीत प्रशिक्षण इत्यादिको कार्य गर्न सक्नेछ ।

११. यस संस्था स्थापनाको लागि बिटि्रस गोर्खाज (वेलायती) लाहूरेहरुको सक्रिय भूमिका रहेपनि विश्वभर छरिएर रहेका धनकुटेली तथा स्थानिय जिल्लावासीहरुको मुख्य सहभागिता रहनेछ । यसको कार्यालय धनकुटामै रहने छ ।

कोष स्थापना र संचालनको लागि सदस्यता र सहभागितालाई आजै फाराम भर्नुहोस >>>>>>>>>>

 
© Dhankuta Prativa Puraskar