Gov Reg No: 396/064/56

Introduction

Dhankuta
SAUGAT in PDF


 

Leaflet in PDF


Leaflet in Word

New Leaflet

Prativa Bidhan in PDF

 

Gov Reg
Certificate

 

धनकुटा प्रतिभा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

 

धनकुटा, पौष ८, धनकुटा प्रतिभा प्रतिष्ठान (कोष) ले जन्म वा कर्मका आधारमा धनकुटा संग सम्बन्ध रहेको र देशविदेशमा धनकुटालाई चिनाउन योगदान पुर्याउने प्रतिभालाई हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान कार्यक्रम आज धनकुटा स्थित होटल सुरभीमा भव्य समारोहका बीच सम्पन्न भएको छ ।


उक्त सम्मान समारोहमा २०६७ का लागि सम्मानित व्यक्तित्वहरु अन्तरराष्टिय फुटबल खेलाडी गोलरक्षक किरण चेम्जोङ्ग र वरिष्ठ समाजसेवी हर्क प्रसाद लामा लाई सम्मानपत्र सहित जनही नगद रु १०,००० र दोसल्ला ओढाई सम्मान प्रदान गरिएको थियो । त्यसैगरि २०६८ का लागि चयन हुनु भएका गाएक कृष्णभक्त राई मोटरसाइकल दुर्घटनामा परि चोट लागेको कारण अनुपस्थित रहनु भएकोले आगामी वर्ष उक्त सम्मान वहाँलाई प्रदान गरिने जानकारी आयोजकले दिएका छन् भने हाँस्य कलाकार समीर बराइली लाई सम्मानपत्र सहित नगद रु १०,००० र दोसल्ला ओढाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा समीरले आफ्नो प्रतिभा देखाएर निकै मनोरन्जन प्रदान गरेका थिए । सम्मानित ब्यक्तित्वहरुको परिचय दिने क्रममा किरण चेम्जोङ्गका बारेमा कमिटिका सदस्य अन्जना ताम्ली, हर्क प्रसाद लामाका बारेमा सह-सचिव हिमा चेम्जोङ्ग र समीर बराइलीका बारेमा सदस्य नैन रुचालले बोल्नु भएको थियो । करीब ३ घन्टा चलेको यस कार्यक्रमको प्रमुख अतिथि धनकुटा जिल्ला अदालतका प्रमुख न्यायधिश राम चन्द्र राई र विशेष अतिथिको रुपमा बेलायत/ब्रुनाई च्याप्टरका कार्यबाहक अध्यक्ष क्याप्टेन डिल्ली कुमार राई को उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका सचिव जयपूर्ण भुजेलले संचालन गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व कोषका अध्यक्ष तेजनारायण िसंह राई ले गर्नु भएको थियो भने कार्यक्रममा विशेष गरि ब्रुनाई/बेलायत च्याप्टरलाई धन्यवाद प्रदान गरिएको थियो ।

कोषले यसअघि गायक नविन किशोर राई, शम्भु राई, लक्ष्मी जोशी, साहित्यकार मोमिला जोशी, झमक घिमिरे, धनहाङ्ग लिम्बु, नेपाल स्टार विजेता विष्णु चेम्जोङ्ग, खेलाडी कुशल श्रेष्ठ, ईतिहासकार शिव कुमार श्रेष्ठ र संस्कृतिविद् सोम राना मगर लाई सम्मान प्रदान गरिसकेको छ ।

Photo>>

- मोहन राइ, पाख्रीबास

धनकुटा प्रतिभा पुरस्कार तथा सम्मान घोषणा

        काठमाडौँ, ५ पुस, धनकुटा प्रतिभा प्रतिष्ठान (कोष) ले दुई वर्षको धनकुटा प्रतिभा पुरस्कार र सम्मान प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गरेको छ ।
        सो अनुसार २०६८ का लागि गायक कृष्णभक्त राई र हाँस्य कलाकार समिर बराइली तथा २०६७ का लागि राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ र समाजसेवी हर्कप्रसाद लामा चयन हुनु भएको छ ।

        जन्म वा कर्मका आधारले धनकुटासँग सम्बन्ध रहेको र देशविदेशमा धनकुटालाई चिनाउन योगदान पुर्‍याउने प्रतिभालाई सो सम्मान प्रत्येक वर्ष प्रदान गरिने कोषको प्रवास समिति कोषाध्यक्ष जितेन्द्र चेम्जोङले बताउनुभयो ।

        पुरस्कृत सबैले जनही रु १० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त सम्मान यही पुस ८ गते धनकुटामा हुने कार्यक्रममा प्रदान गरिने कोषका अध्यक्ष तेजनारायणसिं राईले जानकारी दिनुभयो ।

       

कोषले यसअघि गायक नवीनकिशोर राई, शम्भु राई र लक्ष्मी जोशी, साहित्यकार मोमिला जोशी, झमक घिमिरे र धनहाङ लिम्बु, नेपाल स्टार विजेता विष्णु चेम्जोङ, खेलाडी कुशल श्रेष्ठ,इतिहासकारशिवकुमारश्रेष्ठरसंस्कृतिविद्सोमरानामगरलाईसम्मानगरिसकेकोछ

Litterateurs to be honored
 
Kathmandu, Dec. 20: Dhankuta Prativa Pratishthan has decided to honor different litterateurs from Dhankuta Prativa Prize. Pratishthan has decided to honor singer Krishna Bhakta Rai and comedian Samir Baraili for 2068, and footballer Kiran Chemjong and social activist Herka Prasad Lama for 2067.
 
The prize carries a purse of Rs. 10,000 cash to each. According to the treasure  of foreign bureau committee of the Pratishthan Jitendra Chemjong, the Prathisthan is awarding littérateurs every year for their contribution to make Dhankutta renowned in national and international level.
 
The honored personalities would be awarded by organizing a programme in Dhankuta on December 23. RSS

 



ब्रुनाई, १६ नोभेम्बर ११, ब्रुनाईमा रहेका धनकुटा जिल्लावासीहरुको एक भेला सम्पन भयो ।

बैठकले यसवर्षको धनकुटा प्रतिभा पुरस्कार तथा सम्मानको लागि नेपालको धनकुटा प्रतिभा प्रतिष्ठान कोष कार्य समिति संग समन्वय गरेर तुरुन्त घोषणा गर्ने निर्णय ग¥यो । त्यस्तैगरि धनकुटा जिल्लावासी समाजको कार्यबाहक अध्यक्ष डिल्लीकुमार राईलाई चयन ग¥यो ।

धनकुटा जिल्लावासीहरुले प्रत्यक बर्ष धनकुटालाई देश विदेशमा चिनाउने प्रतिभा मध्ये उत्कृष्ट एक ब्यक्तिलाई सम्मान र दुईजनालाई पुरस्कृत गर्दै आएको छ । यसवर्षको पुरस्कार तथा सम्मानको लागि विश्वभर छरिएर रहेका धनकुटेलीहरु समक्ष आफूलाई उपयुक्त लागेको ब्यक्तिको नाम तुरुन्त पठाउन अनुरोध गरेको छ । सम्पर्कः ourDhankuta@gmail.com or www.dhankuta.org.np मा पठाउन अनुरोध छ । or SMS            006738893020      

 

गत २३ डिसेम्बरको दिन धनकुटामा बसेको बैठकले अन्तिम निणर्य गरि २५ डिसेम्बरको दिन धनकुटाको सौरभिमा भब्य कार्यक्रम गरि बरिष्ठ तथा लोकप्रिय लोक गायक लक्ष्मी जोशि, मगर भाषा संस्कृतिमा उत्कृष्ट योगदान पुर्याउनु हुने सोम रानालाई धनकुटा प्रतिभा पुरस्कार २०६६ र बरिष्ठ साहित्यकार धनहाङ सुब्बालाई सम्मान २०६६ प्रदान गरिएको थियो ।

उपयुक्त ब्यक्तिहरुको नाम सिफारिस गर्न आग्रह

गत १९ मंसिर ०६६ का दिन धनकुटा प्रतिभा पुरस्कार कोष प्रतिष्ठान व्रुनाई तथा वेलायत च्याप्टरको वैठकले आगामी पुष १० गतेका दिन यस बर्षको धनकुटा प्रतिभा पुरस्कार २०६६ प्रदान गर्ने निर्णय गरेको छ ।


धनकुटा च्याप्टर संग समन्वय गरेर सम्पन्न उक्त बैठकले विश्वभर छरिएर रहनु भएका धनकुटेलीहरुलाई आआफ्नो तर्फबाट उपयुक्त ब्यक्तिहरुको नाम सिफारिस गर्न आग्रह गरेको छ । यस बर्ष साहित्य, संगीत, खेलकुद र समाजसेवाबाट २ जना र एकजनालाई सम्मान गरिने निर्णय भएको छ । कृपया तपाईको तर्फबाट पनि सिफारिस गर्नुहोस । सम्भावित ब्यक्तित्वको नाम ourDhankuta@gmail.com मा वा 00673 8893020/ Nepal: 009779842046942 मा जतिसक्दो चाडो पठाउन अनुरोध छ l साथै यो समाचार सबै धनकुटेलीहरुमा पुर् याउन पनि अनुरोध छ । 

पुरकार तथा सम्मान वितरण आगामी २५ डिसेम्बरका दिन धनकुटामा सम्पन्न हुनेछ ।


धनकुटेली परिचयात्मक भेला सम्पन्न

 

 

गत ११ जुलाईको दिन वेलायतको सर्नकिल्फमा धनकुटा जिल्लावासी परिचयात्मक भेला विभिन्न कार्यक्रम गरि भब्यताको साथमा सम्पन्न भयो।

धनकुटाबाट विभिन्न कारणले वेलायतमा आईपुगेका जिल्लावासीहरु बीच एकआपसमा भेटघाट तथा परिचय गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वेलायतको विभिन्न ठाँउमा छरिएर रहेका धनकुटा जिल्लावासीहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो।

उक्त भेलाले ज्ञान लिम्बुको अध्यक्षतामा वेलायतब्यापी धनकुटा जिल्लावासी समाजको निर्माण गर्‍यो। जसअनुसार उपाध्यक्ष द्धयमा जय तामाङ र धनबहादुर रोगु, सचिवमा श्रीमति शसी थापामगर, सहसचिव डिल्लिकुमार राई, आर्थिक सचिव धनबहादुर ठाडामगर, सह-आर्थिक सचिवमा सुरज गुरुङ र सदस्यहरुमा नन्दसिंह मगर (आसफोर्ड), दिल लिम्बु (क्यान्टवरी), धिरेन्द्र चेम्जोङ (म्यानचेष्टर), आनन्द देवान (अल्डरसुट), तारा लिम्बु (बर्मिङगम), बिष्णु राई (स्वीन्डन), पूर्ण लिम्बु (वेष्ट लण्डन), यान गुरुङ (फान्ब्रो), शम्भु लिम्बु (रिडिङ), याम राया (पल्मस्टर्ड), चित्रराज लिम्बु (कोलचेष्टर), श्रीमति राधा लिम्बु (ग्रेस), लोकप्रसाद लिम्बु (सर्नकिल्फ), जितेन्द्र चेम्जोङ (सर्नकिल्फ), डम्बर खजुम (सर्नकिल्फ), विश्वासदीप तिगेला (सर्नकिल्फ) र कमल मगर (ग्रीनवीच ल48डन) रहेका छन भने सल्लाहकारहरुमा रन थापामगर (वेम्ली), डा. सम्पूर्णानन्द ढुङगाना (लण्डन), अमर राना (फान्ब्रो), ब्यानेन्द्र इङनाम (लण्डन), हर्कबहादुर गुरुङ (फान्ब्रो), श्रीमति जसोदा लिम्बु (मेडस्टोन) र ज्ञानबहादुर लिम्बु (अल्डरसुट) रहनु भएको छ।

स्मरण रहोस, विश्वभर छरिएर रहेका तथा वेलायतवासी धनकुटेलीहरुको मुख्य सक्रियतामा विगत केही बर्षअघिबाट धनकुटा प्रतिभा पुरस्कार प्रदान हुदै आएको छ। धनकुटा प्रतिभा प्रतिष्ठान (पुरस्कार कोष) को नामबाट प्रदान गरिने धनकुटा प्रतिभा पुरस्कार प्रदानका गतिविधि, जिल्लाको परिचय लगायत विभिन्न गतिविधिहरुलाई समेटेर प्रकाशन गरिएको धनकुटा सौगात स्मारिकाको विमोचन भेलामा उपस्थित सबैभन्दा जेष्ठ नागरिक श्रीमति जामु याख्खा, ७२ ले गर्नुभयो। स्मारिकाको सम्पादन सुश्री भिमा खजुम, विश्वासदीप तिगेला, सन्तवीर लामा र जनार्दन घिमिरेले गर्नुभएको छ।

भेलामा नेपालको विभिन्न सामाजिक संघसंगठनहरुमा आबद्ध रही उलेख्य समाजसेवा गर्नुभएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। जसअनुसार धरान चौविसे समाजका अध्यक्ष चन्द्रबहादुर लिम्बू, समाजसेवी हर्कबहादुर गुरुङ र महिला नेतृ शशि थापालाई समाजका अध्यक्ष ज्ञान लिम्बुले खादा ओढाई सम्मान गर्नुभएको थियो। भेलामा तम्बोला, राफल ड्र, भान्जि मुक्कुम र सुनिताको नृत्य साथै साँझमा सबैले सामुहिक नृत्यगरि मनोरन्जन गरेका थिए। कार्यक्रम सफल बनाउनको लागि लोक लिम्बु, डिल्लिकुमार राई, डम्बर खजुम लगायतको मुख्य भूमिका रहेको थियो।

सूचना

सबैको चाहाना अनुसार धनकुटा सौगात प्रकाशित भई सकेको छ । इच्छुकले सम्पर्क गर्नुहोला । धनकुटा जिल्लावासीको लागि अति उपयोगि बनेको छ ।

सूचना !!

धनकुटा प्रतिभा (कोष) प्रतिष्ठानले स्मारिका प्रकाशनको लागि काम धमाधम शुरु गरेको छ । धनकुटा संग सम्बन्धित छोटो मिठो सामाग्रि लगायत सल्लाह सुझाव पठाउनु होला । स्मारिकाको प्रस्तावित नाम १. धनकुटा सौगात, २. धनकुटा कोसेली, ३. धनकुटा परिचय, ४. धनकुटा दर्पण मध्ये कुन ठिक होला आफ्नो मत दिनुहुन अनुरोध छ ।


सूचना !!


सम्पूर्ण जिल्लावासी दाजुभाई तथा दिदीबहिनीहरु

यस बर्षअर्थात २०६५ को प्रतिभा छनौट प्रकृया अघि बढिरहेको छ । घरदेश र कर्म देश अर्थात विश्वभर छरिएर रहनु भएका सबैले यसबर्ष कसकसलाई पुरस्कृत तथा सम्मान गर्ने ? तपाईको मनमा लागेको ब्यक्तिको नाम र कारण इमेलमा पठाउन अनुरोध छ । प्रतिभा वेलायत र धनकुटा च्याप्टरको बैठक यहि नया बर्षको नजिकै बस्ने भएकोले कुनकुन विधा तथा कसकसलाई दिने निर्णय भई सकेको छैन यद्यपी साहित्य तर्फ, संगीत, खेलकुद वा अन्य तर्फको नाम र कसलाई सम्मान गर्ने वहाहरुको नाम सिफारिस गर्नुहुन अनुरोध छ । खुल्ला भोटिङको ब्यवस्था गर्दा भोलि पराजय हुनेको मर्यादामा अप्ठ्यारो पर्लाकी भनेर त्यसको ब्यवस्था छैन तर सबैले चाहेमा त्यो पनि गर्न सकिने जानकारी गराउन चाहान्छौ । सिफारिसमा समावेसि नाम प्राप्तहोस र गत साल झै समावेसि र सहि निर्णयहोस भन्ने चाहाना रहेको छ । जन्म र कर्मको आधारमा धनकुटेली कहलिएको सबैमा सिफारिस गर्ने समान अवसर रहेको छ । सहि ब्यक्ति सिफारिस गरेर जिल्लाको प्रतिष्ठामा सहयोग गर्नुहोस ।

email: ourDhankuta@gmail.com

 

 

कोष स्थापना र संचालनको लागि सदस्यता र सहभागितालाई आजै फाराम भर्नुहोस >>>>>>>>>>

 
© Dhankuta Prativa Puraskar